३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विश्वकप छनोटको खेलमा नेपालले दोस्रो खेल मलेसियासँग



आईसिसी टी–२० विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालको दोस्रो खेल आज मलेसियासँग हुँदैछ। आइतबार सिंगापुरसँगको खेलमा ८ विकेटको शानदार जीत हासिल गरेको नेपालले आज मलेसियाको सामना गर्नेछ।

सो खेल दिउँसो सवा एक बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ।

आइतबार भएको पहिलो खेलमा मलेसिया, ओमानसँग ३२ रनले पराजित भएको थियो।

त्यसैगरी, यस दिन बिहान नौ बजे सिंगापुर र ओमान तथा बहराइन र हङकङ, चाइना बीच हुनेछ। सिंगापुर र ओमानले त्रिवि क्रिकेट मैदानमा खेल्नेछन् भने बहराइन र हङकङ बीचको खेल मुलपानी मैदानमा हुनेछ।

दिउँसो सवा एक बजे हुने अर्को खेलमा कुवेतले युएईको सामना गर्नेछ। सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : २३ बजे