चेक जाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा एक जना युवतीकाे निधन भएकाे छ । नितु दुवालकाे डाक्टरकाे लापरवाहीका कारण निधन भएकाे अाफन्तकाे अाराेप छ ।
कसरी भयाे युवतीकाे निधन ?
आफन्त भन्नुहुन्छ:”अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादाँ रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी र केही दिनपछि ज्वरो, खोकी लाग्न थालेपछि पुन त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN/ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो उहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो ।
टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन ।
पछि B&B र त्यसपछि पाटन हस्पिटल पुराइयो। तर कसैको केहि लागेन। उनको निधन भयो । Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो ।”
अहिले नितुको परिवारले लापरबाहीमा संलग्न डाक्टरहरुलाई कार्यबाही हुनुपर्ने माग सहित नितुको लागि न्याय मागिरहेको छ। सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराईएकाे छ ।सामाजिक सञ्जालबाट
प्रतिक्रिया