१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उद्धार र उपचारमा सबै खट्न एमाले अध्यक्ष ओलीको आग्रह



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गरे। ‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरूसँग टेलिफोनमा कुराकानी गरेँ। यति वेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरू उद्धारमा खटौँ,’ उनले भनेका छन् , ‘भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो।’

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको संख्यामा घाइते भएका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : १२ बजे