२१ कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्प पिडितलाई दिने घोषणा



राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पिडिी राहतकोषमा जम्मा गर्ने घोाषा गर्नुभएको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पिडीतहरुको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गर्नुभएको हो अध्यक्षका प्रेस सल्लाहकार दुुर्गाप्रसाद शर्माले जानकारी दिनुुभयो ।

शुक्रबार ११।४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।
अध्यक्ष तिमिल्सनाले प्रकृतिक बिपत्तीको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्दार र पिडीतहरुका लागि राहत तथा पूर्नस्थापनामा जुट्न सबैलाई आग्रह पनि गर्नुभएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ४७ बजे