३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रपति पौडेलबाट गाई पूजा



राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिनुभएको हो । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र ९डोरो० गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहारको चौथो दिन गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ४८ बजे