२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


वनभोज खान हिँडेको विद्यार्थी बस दुर्घटना



वनभोज हिँडेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

इलामको माई नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी वनभोज आउनेक्रममा ब्रेक फेल भई ५५ जना सवार बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा परी चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते हुनुभएको छ । घाइते हुने विद्यार्थीमा १४ वर्षीया शान्ति लिम्बू, १३ वर्षीया सीमा राई, १६ वर्षीया मनिका राई र १६ वर्षीया निस्मा सारु मगर छन् । उनीहरूसँगै वनभोजमा आएका शिक्षक ५७ वर्षीय रामबहादुर मगर र ४९ वर्षीया शिक्षिका पवित्रा राई घाइते हुनुभएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : २३ बजे