८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अपाङ्गता भएका यात्रुहरूलाई टिकट शुल्कमा छुट दिने



नेपाल एयरलाइन्सले अपाङ्गता भएका यात्रुहरूलाई टिकट शुल्कमा छुट दिने भएको छ। नेपाल वायु सेवा निगमले आन्तरिक हवाई उडानमा छुट दिने घोषणा गरेको हो ।

निगमले प्रत्येक आन्तरिक उडानमा दुई अपाङ्गता भएका यात्रुलाई हवाई शुल्कमा छुट दिने भएको हो ।आन्तरिक उडानकालागि सुरुमा टिकट काट्ने अपाङ्गता भएका २ जनाले मात्र ५० प्रतिशत छुट पाउने निगमले जनाएको छ ।

विश्व अपाङ्गता दिवसका अवसरमा निगमले आजदेखि लागू हुने गरी यस छुटको घोषणा गरेको हो । निगमका अनुसार रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका सुरूमा टिकट काट्ने दुई जना यात्रुले हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । यस सुविधा लिनकालागि यात्रुहरूले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : १७ बजे