प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नु भएको हो । गृहमन्त्री ज्युको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा गएराती १२ बजे एन्जियोप्लास्टी सर्जरी गरिएको थियो ।
मंगलबार बिहान साढे ७ बजे सम्माननीय प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगि गृहमन्त्री ज्युसँग भेटघाट गर्नु भएको हो । प्रधानमन्त्री र गृहमन्त्री ज्युबीच सामान्य कुराकानी भएको छ ।
गृहमन्त्री ज्युको अवस्था सामान्य छ । सामान्य कुराकानी गरिरहनु भएको छ ।
गृहमन्त्रीज्युको मुटुमा समस्या देखिएपछि गएराती साढे ११ बजे अस्पताल भर्ना हुनु भएको थियो । उहाँको मुटुमा ९ बजेदेखि सामान्य दुखाइ सुरु भएको थियो ।त्यसलगत्तै उपप्रधानमन्त्रीका निजि डा.सुरज बर्जाचार्यले शहिद गंगालाल रास्ट्रीय ह्र्दय केन्द्रका डाक्टर अरुण मास्केसँग सल्लाह गरि अस्पताल ल्याइएको थियो। । हटअट्याक आउनु भन्दा पहिला नै उपचार भएको डा बज्राचार्यले बताउनु भएको छ। मुटुको धमनिमा अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको हो।
उहाँलाई तीन देखि पाँच दिनसम्म अस्पतालमा नै राख्नु पर्ने डाक्टरले बताउनु भएको छ ।
प्रधानमन्त्रीज्युले भेटघाट गरिसकेपछि डाक्टरको सल्लाहमा अरु भेटघाट बन्द गरिएको छ ।
डा. अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गर्नु भएको हो ।
२० मंसिर २०८०, बुधबार
2
Shares
प्रतिक्रिया