५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आजदेखि सुरु हुने एसीसी यू–१९ एशिया कपमा नेपालले पाकिस्तानको सामना गर्ने



एसीसी यू–१९ एशिया कप युएईमा आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्नेछ। नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने सो खेल दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुनेछ।

नेपालले आईसीसी यू–१९ विश्वकपअघि यू १९ एशिया कपलाई तयारीको रुपमा लिएको छ। देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन्। पाकिस्तानी युवा टोलीको कप्तानी भने साद बेगले गर्नेछन्।

नेपाल र पाकिस्तान रहेको समूहमा भारत र अफगानिस्तान पनि समावेश छन्।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ३८ बजे