२३ असार २०८२, सोमबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ



बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् ।

विमानस्थलका प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले घलेलाई सुनसहित पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन ।

डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई भन्सार विभागमा थप कारबाहीका लागि बुझाई सकिएको छ ।

शरीरमा सुन लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ४१ बजे