२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बारामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु



बारामा गोली चलाउँदा एक जनाको निधन भएको छ । सिम्रौनगढ नगरपालिकामा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने वा हाजिर नगराउने भन्ने विषयमा दुई पक्षबीच झडप भएको थियो। प्रहरीले अवस्था नियन्त्रणका क्रममा गोली चलाएको थियो। बाराको सिम्रौनगढ नगरपालिकामा झडप हुदाँ १० प्रहरी घाइते समेत भएका छन् ।

प्रहरीको गोली लागेर २५ वर्षका लक्ष्मी मुखिया घाइते भएकी थिइन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : १३ बजे