२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बारा झडप : एकको मृत्यु, ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर



बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सिम्रौनगढ नगरपालिका वडा नं। १ बस्ने अन्दाजी २५ वर्षका लक्ष्मी मुखियाको निधन भएको पुष्टि गर्नुभयो । झडपका क्रममा गाडीमा समेत क्षति पुुगेको छ । उपप्रमुखको गाडीमा लफडाका लागि प्रयोग गर्न भाटा समेत ल्याइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : २० बजे