७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गृह मन्त्रालयका २५ उच्च अधिकारीको सरुवा (सरुवा सूचीसहित)



गृह मन्त्रालयले मातहतका २५ अधिकारीको सरुवा एवम् पदस्थापन गरेको छ। त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान हुनुभएको छ । एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा हुनुभएको छ। बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन हुनुभएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले नियमित प्रक्रिया अनुसार वरिष्ठ अधिकारीको सेवाअवधिको मापदण्डमा रहेर सरुवा तथा पदस्थापन गरेको हो ।

कसको जिम्मेवारी कहाँ ?

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : ३४ बजे