२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


काठमाडौँ महानगरका विद्यालयका अनुशासन प्रमुख हटाउन निर्देशन



काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयका अनुशासन इन्चार्ज डीआई हटाउन निर्देशन दिएको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी भएको हो ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न सचेत गराएको हो ।

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको बताए ।

विगतमा विद्यालयमा अनुशासन कायम गराउने नाममा डीआई राख्ने गरिन्थ्यो । सरकारले सो विषयमा परिपत्र गर्दै नराख्न निर्देशन जारी गरेको थियो । त्यसका वावजुद केही निजी विद्यालयहरूले डीआई राख्दै आएका छन् । डीआईले अनुशासनको नाममा विद्यार्थीहरूलाई कडाइ गर्ने, मानसिक तथा शारीरिक यातना समेत दिने गरेको पाइएको छ । डिआईको माध्यम मार्फत केही विद्यालयहरुले डनहरुसंग सहकार्य गर्ने समेत गरेको गुनासो आउने गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : १२ बजे