७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मन्त्रीको गाडीमा आगजनी



संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका बेला मन्त्री सवार गाडीमा आगजनी भएको बताएको छ । शुक्रवार सिंहदरबार मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन गएका समयमा आगलागी भएको हो ।

मन्त्री ज्वाला ओर्लिएपछि अज्ञात समूहले गाडीमा आगो लगाएर ध्वस्त पारेको बताइएको छ । उनले आफूलाई चालकले छोडेर सिंहदरबार जानेक्रममा आगजनी भएको ज्वालाले बताएका छन् ।

‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । रातोपाटीका अनुसार चालकले छोडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने ।
रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बालकुमारी क्षेत्र तनाव अवस्थामा केहि सेल अश्रुग्यास प्रहार गरि नियन्त्रणमा लिने प्रयास भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ३६ बजे