१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मन्त्रीको गाडीमा आगजनी, नियन्त्रणमा लिन गोली प्रहार



ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।

मन्त्री सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक जना घाइने भएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

यसैगरी, केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नाययबमहानिरीक्षक कुवेर कडायतले आज रोजगार अनुमति प्रणाली इपिएस आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले सो गाडीमा आगजनी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ५९ बजे