७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले बोलायो



सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलका लागि बोलाउने भएको छ । सर्वोच्च अदालतमा शुुक्रबारको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउने भएको हो ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पेशी सुष्मालता माथेमाको एकल इजलासमा परेको थियो । उक्त मुद्दाको पेशी शुक्रबारको लागि तोकिएको थियो।

अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए। गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित गत कात्तिक ३ गते पेश गरिएको सो रिट पुस ११ गते मात्र सर्वोच्चको रजिष्टारले दर्ता गर्ने अनुमति दिएका थिए।

के छ रिटमा ?

गभर्नर अधिकारीले पेश गरेको शैक्षिक योग्यता गभर्नरको शैक्षिक योग्यताको मापदण्ड भित्र नपर्ने भएकाले उनी गभर्नर पदका लागि योग्य नभएको दाबी रिटमा गरिएको छ। अधिकारीले आफूसँग सीए ९चार्टर्ड एकाउन्टेन्ट० को योग्यता भएको बताउँछन् तर त्यो तालिम मात्रै भएको दाबी रिटमा गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ तर सीएको योग्यतालाई नेपालमा स्नातकोत्तर उपाधि मान्ने गरिएको छैन भन्ने रिटमा उल्लेख छ। यस विषयमा सर्वोच्चले नै विगतमा एउटा रिट खारेज गरेको पनि उल्लेख छ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : १७ बजे