२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मुलुकको राजनीतिक संकटलाई निकास दिन समानान्तर सरकार गठन अपरिहार्य : प्रभु साह



आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प नभएको बताएका छन् । अध्यक्ष साहले अब देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल रहेकोले यसलाई तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका हुन ।

आजपा निकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षणलाई रौतहटको मौलापुरमा सम्बोधन गर्दै साहले अन्तरिम सरकार गठनमा यदि कुनै तत्व बाधक बन्छ भने तपाई हामी देश र जनताको पक्षमा आईटी आर्मीको अर्ध शैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने दिन आईसकेकोले यसतर्फ सबै देशभक्त युवाहरुलाई गम्भीर हुन अपिल समेत गरेका छन् ।

आम जनता पार्टीको स्थापना दिवसको शुभ अवसरमा हजारौं युवाहरूको सहभागिता तथा आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा आयोजित सो कार्यक्रमले भ्रष्टाचारको विरूद्ध शशक्त संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने छ ।


झण्डै ५ दिनसम्म चलने यस भेला तथा प्रशिक्षण कार्यक्रमको पूर्ण सफलताकोलागी आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश ईन्चार्ज सुधीर यादव लगायतका नेताहरूले हार्दिक शुभकामना सहितको मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : २९ बजे