२२ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सहरी क्षेत्रको जनसङ्ख्यामा असन्तुलन



राजनीतिक तथा प्रशासनिक रूपमा नेपालको नगरपालिका क्षेत्र व्यापक विस्तार भए पनि त्यस्तो वृद्धिलाई आधार प्रदान गर्ने सहरी क्षेत्र भने निकै कम रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या र घोषित नगरपालिका क्षेत्रको जनसङ्ख्यामा ठुलो अन्तर छ ।

विक्रम संवत् २०६८ र २०७८ को जनगणनाको नतिजालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरिएको तुलनात्मक वर्गीकरणका आधारमा यस्तो असन्तुलित नतिजा आएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय तथ्याङ्क दिवसका अवसरमा प्रकाशन गरिएको प्रतिवेदन अनुसार हाल नेपालका नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कुल जनसङ्ख्याको ६६।१७ प्रतिशत छ । तर सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या भने २७।०७ प्रतिशत मात्र छ । तथापि २०६८ को जनगणनाको तथ्याङ्क ९२२।३१ प्रतिशत० भन्दा यो ४।७६ प्रतिशत बढी हो । देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय तथ्याङ्क आयोगबाट अनुमोदन भएको ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधि अनुसार तथ्याङ्कको विश्लेषण गर्दा नेपालको नगरपालिका क्षेत्रको तुलनामा सहरी क्षेत्र ज्यादै कम रहेको देखिएको हो ।

नेपालमा ७५३ वटा स्थानीय तह रहेकामा २९३ वटा नगरपालिका ९महानगर र उपमहानगरपालिकासमेत० रहेका छन् । राज्यको पुनर्संरचना हुँदा पहिलेका धेरै गाउँ विकास समिति नगरपालिका बनेका थिए । त्यसै आधारमा नगर क्षेत्र र नगरवासीको जनसङ्ख्या बढेको देखिएको हो ।

नयाँ विधि अनुसारको वर्गीकरणअघि ६६।१७ प्रतिशत सहरी क्षेत्र मानिएको थियो, जसमा अर्धसहरी र सहरोन्मुख क्षेत्रसमेत गणना गरिएको थियो । तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुनर्वर्गीकरण गर्नु परेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । नयाँ वर्गीकरण अनुसार सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ३९।१९ प्रतिशतबाट नगन्य वृद्धि भई ३९।७५ प्रतिशत पुगेको छ । प्रतिवेदनमा भनिएको छ, “पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८।५ प्रतिशतबाट ३३।१९ प्रतिशतमा झरेको छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि ‘सहरी’ क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा छ । ग्रामीण जनसङ्ख्या अझै पनि एकतिहाइ छ ।”

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका अहिले पनि बसोबास क्षेत्रको मुख्य विशेषता सहरोन्मुख मात्र रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कुल छ वटा महानगरपालिकाका १७४ वडामध्ये आठ वटा वडा ग्रामीण क्षेत्रमै छन् ।

महानगरपालिका भए पनि महानगरपालिकाका त्यस्ता वडा अझै पनि ग्रामीण परिवेशमा रहेका हुन् । पूर्वाधार र जनसङ्ख्याको दृष्टिले ती क्षेत्र गाउँमै पर्ने भए पनि त्यहाँका नागरिक कर भने महानगरकै बुझाउन बाध्य छन् । ११ वटा उपमहानगरपालिकाका कुल २३४ वडामध्ये २१ वटा, २७६ नगरपालिकाको तीन हजार १२० वटा वडामध्ये एक हजार २४४ वटा वडा ग्रामीण क्षेत्रमै छन् । ४६० वटा गाउँपालिकाका तीन हजार २१५ वडामध्ये १३९ वटा वडा भने सहरयुक्त छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार अब सरकारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका निर्माणको मापदण्डै परिवर्तन गर्ने आधार तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा गाउँ र सहर निर्माणको आधार तय गरेकाले उक्त तथ्याङ्क गाउँपालिका र नगरपालिका निर्माणका लागि प्रभावकारी हुने छ ।”

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले ग्रामीण विशेषता भएका नगरपालिकाका वडालाई विशेष प्राथमिकता दिएर नगरपालिकाको मापदण्डभित्र पार्नुपर्ने दायित्व सबै नगरपालिकालाई थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरयोग्य नभएका नगरपालिका क्षेत्रमा नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै जानुपर्ने चुनौती थपिएको छ ।”

तथ्याङ्कलाई उचित सदुपयोग गरौँ

मुख्यसचिव डा। वैकुण्ठ अर्यालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेका तथ्याङ्कलाई सरकारले उचित रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारलाई वार्षिक, आवधिक नीति निर्माण गर्न वास्तविक तथ्य र तथ्याङ्क आवश्यक पर्ने भन्दै त्यस्तो तथ्याङ्क राष्ट्रिय तथ्याङ्क कार्यालयले उपलब्ध गराएर सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायले अहिले तीन वटै तहले तथ्याङ्क उत्पादन गर्दै आएको बताउनुभयो । -नगेन्द्र सापकोटा गोरखापत्र

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ५९ बजे