२१ भाद्र २०८२, शनिबार | Sun Sep 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम चौधरी



पहिलो महाधिवेशनमार्फत रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व लिएका छन् । कैलालीको टिकापुरमा सम्पन्न महाधिवेशनमार्फत चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

अध्यक्ष चुनिएका चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको रातोपाटीलाई बताए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता चौधरी थिइन् । रेशमले आफू जेलमा रहँदा नै संरक्षक रहेर पार्टी गठन गरेका थिए ।

पार्टीको महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी थिए नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो ।
रातोपाटी

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : ४१ बजे