१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


टुँडिखेलमा भागदौड हुँदा घाइते



माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ ।

माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ४२ बजे