२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उपत्यकामा सामान्य वर्षा, केही दिन मौसम नखुल्ने



पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।

मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ । पानी १० मिलिमिटर भन्दा कम परेको छ ।”

उहाँका अनुसार उच्च हिमाली भेगमा हिमपात समेत भएको छ । अहिले लुक्का आसपासमा ठूलो मात्रामा हिमपात भएको उहाँको भनाइ छ । राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सफा नै रहने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी एक–दुई स्थानमा छिटफुट वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

मौसमविद् नगरकोटीका अनुसार मौसम पर्सिसम्म खुल्ने सम्भावना छैन । उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभावका कारण मौसम पर्सिसम्म पूर्णतया खुल्ने सम्भावना छैन, देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सुरकुहिरो लाग्नाले चिसो अझै बढ्नेछ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : ३५ बजे