२३ असार २०८२, सोमबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ईनारमा खसेकि महिलालाई सकुशल उद्धार गर्ने प्रहरी जवान पुरस्कृत



नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, विपद् उद्धार कार्यदल-१ सामाखुशी दरबन्दी भई कार्यरत प्रहरी जवान गोबिन्द परियारले जिल्ला काभ्रे, पनौती न.पा. वडा नं. ०९ सुनथान स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी स्थान न.पा. वडा नं. ०२ रेखा यादवको घरमा डेरामा बस्ने सुरज महतको श्रीमती वर्ष २९ को न्यूटन प्रधान मिति २०८०।१०।०१ गते ०९:३० बजेको समयमा कपडा सुकाउने क्रममा अचानक ३५ फिट गहिरो ईनारमा खसेको महिलालाई सकुशल उद्धार गरि नेपाल प्रहरीको छबिलाई उच्च बनाउन सफल भएको हुँदा निज प्रहरी जवानले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिई कुशलता पूर्वक ईमान्दार, बफादार, लगनशिल र सिर्जनशिल भई कार्य सम्पादन गरेकोले अभिलेखमा जनिने गरि नगद पुरस्कारद्वारा पुरस्कृत गरियो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ५१ बजे