२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


‘संसदमा केपी शर्मा ओली’ विमोचित



पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारीले ‘संसदमा केपी शर्मा ओली’ग्रन्थ लोकार्पण गर्नुभएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा ९एमाले० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकाले उहाँ सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्त्वपूर्ण भएको बताउनुभयो ।

यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झ(झल्को मिल्ने उहाँले बताउनुभयो । प्रा।डा।ऋषिराम शर्मा, प्रा।डा।हेमनाथ पौडेलको सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का ९सविता०ले उक्त कृति तयार गर्नुभएको हो ।

एमाले अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु वैरागी काइला र गङ्गाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाललगायतको सहभागितामा भएको कार्यक्रममा ओलीका जनता र देश केन्द्रित विचार र पहलको प्रशंसा गरिएको थियो । रासस

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : १७ बजे