३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाली शान्ति सैनिकको मृत्यु



संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ शान्ति सैनिकको मृत्यु भएको छ । पुरानो गोरख गण ९शान्ति सेना० ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार मृत्यु भएको हो ।

दोलखाका थापा गण हे।क्वा।को बंकरमा स्ट्यान्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेको र त्यहीँ अस्पतालमा उपचारका लागि लाने क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ‘स्वर्गीय सिपाही सुवासको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ,’ सेनाको विज्ञप्तिमा छ ।

हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको छ । त्यसको मनोवैज्ञानिक असर वा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्नेबारे बुझ्ने कार्य भइरहेको सेनाले जनाएको छ । त्यहाँ कार्यरत शान्ति सैनिक फागुन दोस्रो साता स्वदेश फर्किने तयारीमा छन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ८ : ५५ बजे