६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्र बैंकले आगामी हप्ता मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने



नेपाल राष्ट्र बैंकले माघको अन्तिमसम्ममा मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। पुससम्मको तथ्याँक आइसकेकोले केन्द्रीय बैंकले केहि दिनमै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको हो।

ूमौद्रिक नीतिको समीक्षा माघभित्रै गर्ने गरी तयारी भइसकेको छ,ू केन्द्रीय बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले भने, ूसञ्चालक समितिले पारित गरे माघभित्रै समीक्षा आउछ।ू

मौद्रिक नीतिको समीक्षाको लागि अनुसन्धान विभागले ड्राफ्ट तयार गरिसकेको छ। विभागले मौद्रिक नीति समीक्षाको ड्राफ्ट तयार गरेपछि समीक्षाको विषयमा उच्च व्यवस्थापन तहमा छलफल हुनेछ भने सो पश्चात सञ्चालक समितिले पारित गरेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने छ।

पहिलो त्रैमासिक समीक्षमा पनि अनुसन्धान विभागले चाँडै नै ड्राफ्ट तयार गरी उच्च व्यवस्थापन तहमा बुझाएको भएपनि निकै दिनसम्म उच्च व्यवस्थापन तहमा छलफल नै हुन सकेको थिएन भने सञ्चालक समितिमा समेत धेरै पछि प्रस्ताव लगिएको थियो। तर अहिले भने माघभित्रै समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।

पुससम्मको तथ्याँकले बाह्यक्षेत्र अझै मजबुद बनेको देखाएको छ। ूपुससम्मको तथ्याँकले बाह्य क्षेत्र मजबुद नै देखाएको छ,ू श्रेष्ठले भने ूभारतमा पनि महंगी बढेकोले मंसिरको तुलनामा महंगी भने सामान्य बढेको छ।ू

मौद्रिक नीतिको समीक्षामा केन्द्रीय बैंकलाई यसअघि गरेको कडाइलाई अझै खुकुलो बनाउनुपर्ने दबाब छ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : ४५ बजे