प्रहरी प्रभाग लुंभु ललितपुरले चार जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायव निरिक्षक सन्तोषकुमार बुढाथोकीको टोलीले व्राउन सुगर र दुई थान पेस्तोलको गोलीसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका ७ का सुरेश उप्रेती, लायक लिम्बु, प्युठान घर भई भक्तपुर सिरुटार बस्ने मनोज थापा र भारत मघुवन घर भई सिनामंगल बस्ने सञ्जय मेहता रहेको इन्र्चाज बुढाथोकीले जनाएका छन । उनीहरुले विशेष सुचनाको आधारमा महालक्ष्मी नगरपालिका ७ नन्दकुमार कन्दंवाको घरबाट बिहिबार पक्राउ गरेको हो ।
१७ ग्राम व्राउन सुगर र दुई थान पेस्तोलसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया