१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल



नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो ।

पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताउनुभयो । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ३ : ३७ बजे