झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुँइमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएकोछ ।
प्रहरीका अनुसार सोमबार साँझ दमक नगरपालिका वडा नं। ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी, ४ हट नं। ४३२ मा घटना भएको हो । २५ वर्षीया सुस्मिता बिश्वा बरालको छोरा आठ महिनाको एरित ओलीलाई सोही घरका पञ्चवीर घिसिङले पछारेकोको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछारेपछि गम्भिर घाईते अवस्थामा बालकलाई उपचारका लागि दमक अस्पताल ल्याईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दमकस्थित किओच बाल अस्पतालमा पुर्याउन साथ नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक ढुण्डिराज गिरीले बताउनुभयो ।
घिसिङको घरमा विश्वा नाबालक बच्चासहित चार महिनादेखि बस्दै आएको पाईएको प्रहरीको भनाई छ । घटनाको भएको समयमा घिसिङले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको समेत अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । विश्वा आफ्नो श्रीमान्सँग मनमुटाव भएपछि घिसिङकोमा बस्दै आएको स्थानीयहरुले बताएकाछन् ।
घटनामा संलग्नता रहेको आंशकामा नाबालककी आमा विश्वालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिईएको र घटना भएको समयमा घटनास्थलमा नरहेको पाईएपछि छाडिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया