३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गृह मन्त्रालयबाट प्रहरी समायोजन समिति गठन



गृह मन्त्रालयले प्रहरी समायोजन समिति गठन गरेको छ । प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा मन्त्रालयले शुक्रबार समिति गठन गरेको हो ।

मन्त्रालयकै नीति तथा योजना महाशाखाका सहसचिव सहसंयोजक, नेपाल प्रहरीका डिआइजी, मन्त्रालयका उपसचिव सदस्य तथा प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्यसचिव छन् ।

प्रदेश सरकारहरूको दबाबपछि गृहले समायोजनको काम अघि बढाएको हो । तर, संघीय प्रहरी ऐन भने अझै आउन सकेको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ५१ बजे