रुसका राष्ट्रपति पुटिनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी अलेक्सी नाभाल्नीको कैदमा मृत्यु भएको छ । रूसका विपक्षी नेता नाभाल्नीलाई खतरनाक जेल पोलर वुल्फमा कैद गरिएको थियो।
रुसमा राष्ट्रपतीय निर्वाचन हुनुभन्दा एक महिनाअघि नै नाभाल्नीको मृत्यु भएको हो। रूसमा मार्च १५ देखि १७ सम्म निर्वाचन हुनेछ। नाभाल्नीलाई २०२१ मा १९ वर्षको कैद सजाय सुनाइएको थियो।
दुई महिनाअघि डिसेम्बरमा उनी पोलर वुल्फ जेलमा थुनिएको खुलासा भएको थियो । यसअघि उनी लामो समयदेखि बेपत्ता थिए । उनलाई राखिएको आर्कटिक जेलमा तापक्रम २८ डिग्रीसम्म पुग्छ । उनलाई निर्वाचनबाट टाढा राख्न आर्कटिक जेल पठाइएको उनका वकिलले बताएका छन् ।
सन् २०२० मा फ्लाइटमा विष मिसाउने प्रयास
नाभाल्नीमाथि सन् २०१७ मा घातक हमला भएको थियो। आक्रमणबाट उनको आँखामा गम्भीर चोट लागेको थियो । २०१८ मा, उनले राष्ट्रपति निवार्चन लड्ने कोशिष गरे तर धोखाधडीको आरोपका कारण सकेनन्। एलेक्सीले यसलाई सरकारको षड्यन्त्र भनेका थिए । २०१९को जुलाईमा ठूलो विरोधको घोषणा गरेपछि नाभाल्नीलाई एक महिनाको लागि जेल पठाइएको थियो।
त्यतिबेला जेलमा उनको स्वास्थ्य बिग्रिएपछि नाभाल्नीलाई विष खुवाउने प्रयास भएको बताइएको थियो । त्यसपछि सन् २०२० मा पनि उनलाई विष खुवाउने प्रयास गरिएको थियो । उनी उडानका क्रममा अचेत अवस्थामा भेटिएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो ।
जसपश्चात उनलाई अस्पतालमा भर्ना गरिएको थियो । निको भएपछि, नाभाल्नीलाई पक्राउ गर्ने धम्की पाए पनि २०२१ मा उनी रसिया फर्किए। रुस पुगेपछि सेनाले उनलाई पक्राउ गरेको थियो ।
युक्रेन युद्ध विरुद्ध नभाल्नी
नाभाल्नीले युक्रेन युद्धलाई लिएर जेलबाटै पुटिनविरुद्ध अभियान चलाएका थिए । सीएनएनका अनुसार अगस्टमा सजाय सुनाइएपछि नाभाल्नीले यी सजायले आफूलाई केही फरक नपर्ने बताएका थिए। सन् २०२३ मा रुसका एलेक्सी नाभाल्नीमाथि बनेको डकुमेन्ट्रीले ओस्कार अवार्ड जितेको थियो । यो वृत्तचित्रको नाम ‘नेवाल्नी’ हो ।
नाभाल्नीकी श्रीमती युलिया नवल्नाया अवार्ड लिन स्टेजमा पुगेकी थिइन् । यस क्रममा युलियाले भावुक हुँदै भनेकी थिइन्, ूमेरो श्रीमान् जेलमा छन् किनभने उनले सत्य बोलेका छन् र लोकतन्त्र बचाउने प्रयास गरेका छन् । म त्यो दिनको पर्खाइमा छु जब तपाईं र हाम्रो देश स्वतन्त्र हुनेछ।ू
नाभाल्नी वृत्तचित्रमा के छरु
अमेरिकी कम्पनी सीएनएन र एचबीओ मिलेर यो डकुमेन्ट्री बनाएका थिए । यस डकुमेन्ट्रीमा साइबेरियाको नाभाल्नीमा भएको घातक हमलादेखि रुस जाँदा र त्यहाँ पक्राउ परेको कथासम्म बताएको छ। वृत्तचित्रले रुसमा प्रजातन्त्र ल्याउन र पुटिनको विरुद्धमा नाभाल्नीको संघर्ष र यस अवधिमा उनले भोगेका कठिनाइहरू देखाउँदछ।
एजेन्सी ।
प्रतिक्रिया