२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कांग्रेस झण्डै साढे ४ करोड घाटामा



प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस करिब साढे चार करोड घाटामा चलिरहेको छ ।

गोदावरीमा चलिरहेको महासमितिको वैठकमा केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९ ८० मा नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार ८२३ रुपैंया घाटामा गएको प्रतिवेदन प्रस्तुत भएको छ ।

त्योभन्दा अघिल्लो वर्ष ३ करोड ८४ हजार घाटामा रहेकोमा एक वर्षमै पार्टी थप १ करोड ३५ लाख घाटामा गएको हो। प्रतिवेदनका अनुसार पार्टीको मुख्य आम्दानीको स्रोत चन्दा तथा सहयोग हो भने अन्य स्रोतमा लेवि, प्रकाशन विक्री आदी हुन् ।

त्यस्तै गत वर्ष सबैभन्दा बढी खर्च आम निर्वाचनको लागि भएको छ भने त्यसपछिको खर्च पार्टीका अधिवेशन र सम्मेलनहरुको लागि भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : ३० बजे