२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


माओवादीले चैत्र १ गतेदेखि मधेसमा जागरण अभियान चलाउने



सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र० ले चैत्र १ गतेदेखि तराई(मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।

उहाँले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनुभयो। उहाँले धेरै राम्रो काम गर्ने र काम नगर्नेको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने बताउनुभयो। उहाँले चैत्रपछि तीन वटा अभियान चलाउने जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो, ‘‘तीन वटा अभियान चलाउँछौँ। तराई मधेस जागरण अभियान, झापाबाट उद्घाटन हुन्छ, चैत्र १ गते। अर्को उत्तर दक्षिण अभियान चल्छ। प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुनेछन्।’’ प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली काँग्रेसको भुमिकालाई महत्त्वपूर्ण रुपमा लिएको बताउनुभयो।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : २९ बजे