१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मौलापुरको मधानी महोत्सव पाँच दिनसम्म



रौतहटको मौलापुर नगरपालिकाको पतौरा पुरातात्विक महादेव मन्दिरमा सञ्चालन हुने मधानी महोत्सव यस वर्ष पाँच दिनसम्म सञ्चालन ुहने भएको छ । फिल्म स्टार गोबिन्दा, पल शाह, कुस्ती खेलाडी बबिता फोगाट समेत आउने मौलापुर नगरपालिकाले जनाएको छ । पालिकाले आयोजना गर्दै आएको मधानी महोत्सव यस वर्ष पाँच दिन चलने भएको हो ।

फाल्गुन २२ गतेदेखि २६ गतेसम्म चलने यस महोत्सवमा भारतीय स्टार गोबिन्दा र कुस्ती खेलाडी बबिता फोगट नेपाली स्टार पलशाह लगायत चर्चित व्यक्तित्वहरु मौलापुर आउने निश्चित भएकोछ । मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने तथा पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने संकल्प सहित हुने मधानी महोत्सव मनाउने गरिएको छ ।
भगवान शिव–पार्वतीको वैवाहिक उत्सवको रुपमा मनाईने मधानी महायज्ञ हुनेछ । २३ गते साँझ ५ बजे भगवान शिवको बारात यात्रा, २५ गते सांस्कृतिक बिशेष समारोह तथा २६ गते अन्तराष्ट्रिय दंगल हुनेछ । मौलापुर नगरपालिका हरेका वर्ष विविध कार्यक्रम सञ्चालन गरि मधानीको गौरव बढ़ाउदै आएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : ३० बजे