नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहित ३२ जनाको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ कारवाही गरेको छ । कारवाही स्वरुप उनीहरुलाई त्यहाँबाट हटाएर सुरक्षाकर्मीको नयाँ टोली पठाइएको छ ।
सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
प्रतिक्रिया