१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


निःशुल्क कृषि चुन वितरण



चन्द्रागिरी नगरपालिकाले कृषकलाई निःशुल्क कृषि चुन वितरण गरेको छ । चन्द्रागिरी नगरपालिका कृषि विकास शाखाले माटोको परिक्षण रिर्पोटको आधारमा २६६ कृषिकलाई चुन वितरण गरेको हो । ५५ हजार ५ सय ५५ केजी चुन वितरण गर्न कृषकहरुको जग्गाको माटो परिक्षण गरेर वितरण गरिएको कृषि विकास शाखाका प्रमुख रामप्रसाद न्यौपानेले जनाएका छन् ।

विविध प्रकारका विषादीको प्रयोग तथा जलबायु परिर्वतनका कारण माटोको उर्भर शक्ति नष्ट हुदै गएको समयमा कृषि चुन विवरणले कृषकलाई थप राहात हुने अपेक्षा शाखाका प्रमुख न्यौपानेले लिएका छन् । यस नगरपालिका धेरै कृषि जमिन रहेको र कृषिको लागत कम गरी उत्पादकत्व वृद्धि गर्न किसानमुखी विविध कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ०७ बजे