४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री प्रचण्ड पञ्चकोट



पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार बागलुङको पञ्चकोट आउनुहुने भएको छ । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बागलुङ आउन लाग्नुभएको हो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुहुने प्रधानमन्त्री प्रचण्ड पञ्चकोटमा अवतरणपछि मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले प्रधानमन्त्रीलाई स्वागत गर्नुहुने र कुटीमा तीन मिनेट विशेष भेटघाट, गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित महायज्ञालई सम्बोधन गर्नुहुने महायज्ञका प्रवक्ता सनातन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

पञ्चकोटको अवलोकन र महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आउनेहुने भएपछि आयोजकहरु उत्साहित भएका छन् । प्रधानमन्त्री आउने कार्यक्रमको तयारी र व्यवस्थापनलाई प्रभावकारी बनाइएको आयोजकले जनाएको छ ।

पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको छ ।

पञ्चकोटमा विश्व शान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मूख्य धार्मिक गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ ।

विभिन्न समयमा सञ्चालन भएका महायज्ञ, सरकारी निकाय र भक्तजनको सहयोगबाट हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरको लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् । पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसपटकको ब्रह्माण्डीय महायज्ञबाट संकलन भएको रकमबाट निर्माणाधीन विश्व शान्ति गण्डकी कलशलाई पूर्णता दिने कमलनयनाचार्यले जानकारी दिनुभयो । सो कलश निर्माण गर्न झण्डै एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ३८ बजे