४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एयर कार्गोको शुल्क बढ्यो



नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर कार्गोको आयातरनिर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एयर कार्गो बिल्डिङका अनुसार एयर कार्गो आयातरनिर्यातको शुल्क बढाइएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्रत्येक दुईरदुई वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि गर्ने विमानस्थल नियमावली अनुसार एयर कार्गो आयातरनिर्यात शुल्क बढाइएको हो । वृद्धि भएको शुल्क यही चैत ४ गतेदेखि लागु हुने उहाँले बताउनुभयो ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका अनुसार वृद्धि भएको शुल्क अनुसार साधारण मालसामान आयात गर्दा प्रतिकेजी सात रुपियाँ १२ पैसाका दरले न्यूनतम शुल्क १३३ रुपियाँ १० पैसा तोकिएको छ । त्यस्तै साधारण मालसामान निर्यातमा गर्दा प्रतिकेजी एक रुपियाँ ३३ पैसाका दरले न्यूनतम २६६ रुपियाँ २० पैसा शुल्क तोकिएको छ ।

त्यसै गरी बहुमूल्य मालसामानतर्फ आयात गर्दा प्रतिकेजी १० रुपियाँ ६५ पैसाका दरले न्यूनतम २६६ रुपियाँ २० पैसा लाग्ने छ । साथै निर्यातमा प्रतिकेजी तीन रुपियाँ ३३ पैसाका दरले न्यूनतम ३३२ रुपियाँ ७५ पैसा कायम हुने छ । नाशवान् मालसामानतर्फ आयात गर्दा प्रतिकेजी दुई रुपियाँ ६६ पैसा कायम गर्दै न्यूनतम २६६ रुपियाँ २० पैसा शुल्क लाग्ने छ ।

त्यसै गरी खतराजन्य मालसामान आयात गर्दा प्रतिकेजी प्रतिकिलो २१ रुपियाँ ३३ पैसाका दरले न्यूनतम ५३२ रुपियाँ ४० पैसा कायम गरिएको छ । सोही मालसामान निर्यात गर्दा प्रतिकेजी छ रुपियाँ ६६ पैसा कायम गर्दै प्रतिकेजी ६६५ रुपियाँ ५० पैसा शुल्क तोकिएको छ । यसबाहेक एक्सप्रेस कुरियर ब्याग, कुरियर पार्सल र एक्सप्रेस कार्गो आयात गर्नुपर्दा प्रतिकिलो छ रुपियाँ ६६ पैसा कायम गर्दै न्यूनतम २६६ रुपियाँ २० पैसा कायम गरिएको छ । उक्त सामान निर्यात गर्दासमेत प्रतिकिलो छ रुपियाँ ६६ पैसा कायम गर्दै न्यूनतम १३३ रुपियाँ १० पैसा कायम गरिएको छ । जीवित जनावर आयातरनिर्यात गर्दा बहुमूल्य मालसामानको दोब्बर दस्तुर लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ५९ बजे