२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उदयपुरमा भिरबाट जिप खस्दा ६ जनाको मृत्यु



उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा रहेका स्थानीय मिलन राईका ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १२ : ४९ बजे