२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


म्याद थपका लागि पूर्वसभामुख महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो



नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।

सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि सोमबार प्रहरीले उपाध्यक्ष महरालाई नियन्त्रणमा लिएको थियो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उहाँलाई म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

पूर्वसभामुख महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ४० बजे