बागलुङको निसिखोला गाउँपालिका ६ जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडि लोकमार्गबाट तल खसेको हो । दुर्घटनामा २० जना घाइते भएका प्रहरीले जनाएको छ ।
बस सडकबाट करिव १ सय ५० मिटर तल पुगेको र उद्धारकार्य जारि रहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । मृतकको पहिचानै भने भैसकेको छैन ।
प्रतिक्रिया