६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


खोटाङका युवा उद्यमी राईबाट अटिजम केयर सेन्टरलाई सहयोग



खोटाङ जिल्ला जन्तेढुंगा गाँउपालिका वडा नम्बर १ देविस्थानका युवा उद्यमी प्रेमकुमार राईले अटिजम केयर सेन्टर बलम्बुलाई आर्थिक सहयोग हस्तान्तरण गर्नभएको छ ।

महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम, बौद्धिक अपांगता केयर सेन्टरका बालबालिकालाई शैक्षिक सिकाई प्रक्रिया केही सहज होस भने युवा उद्यमी राईले आर्थिक सहयोग गर्नभएको हो ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ जमुनापार्टीमा एडीएस टायल एण्ड ब्लक उद्योगका सञ्चालक राईले महिलाहरुको प्रयासलाई थप आत्मविश्वास प्रदान गर्न सहयोग होस भनेर आफुले ४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताउनुभयो ।

सामाजिक सहयोगी भावनाका राईले जमुनापार्टीमा विभिन्न ब्राण्डका रंगिन पार्किङ टायल, युरोपियन टेक्सर, बाल ब्लक, होम पाइप, पिल्लर, मूर्ति तथा गमला र सिमेन्टबाट निर्मित हस्तकलाका सामानहरु बनाउँदै आउनूभएको छ ।

खोटाङबाट राजधानीमा आई सामाजिक उद्यम सृजना गरी स्वदेशमै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा २० जनालाई रोजगारी दिनुभएका प्रेमकुमार राईले बलम्बुमा सञ्चालित अटिजम केयर सेन्टरले थालेको निकै चुनौतिपूर्ण कार्यको प्रशंसा गर्नुभयो । यस सेन्टरले पछिल्लो समयमा समाजमा बढ्दो बालबालिकाको समस्याका रुपमा देखापरेको अटिजम प्रति गम्भीर रुपमा सहकार्य गरेकामा हौसला दिन सो केन्द्रको व्यवस्थापनलाई सहज बनाउन समुदायस्तरबाटै सहयोगको खाँचो रहेको धारणा राख्नुभयो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : १४ बजे