२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु



दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका(३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर घरको आँगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। करेन्ट लागेर गम्भीर घाइते हुनुभएका गोरखको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा खस्दा उहाँहरुको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभएको छ।

मल्लले भन्नुभयो,‘दिउँसोको समयमा एक्कासि हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा खसेको रहेछ, त्यही तारमा पर्दा एकै घरका तीन जनाको मृत्यु हुन पुगेको छ।’

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : १९ बजे