४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कर्णाली पुलबाट १७ युवाले सामुहिक हामफाले



सुदूरपश्चिम प्रदेशको प्रवेशद्वराका रुपमा रहेको चिसापानीस्थित कर्णाली नदीको पुलबाट सोमबार १७ जना युवाले हाम फालेका छन् । लम्कीचुहा नगरपालिका ३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे पुलबाट हामफालेर नुहाउन पुलबाट हाम फालेको हुनसक्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

मदिरा सेवन गरी नाङ्गै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरु स्थानीय भएको र पुलमा तस्बिर खिच्ने बताउँदै अटेरगरी गएको जनाइएको छ ।

एकपछि अर्को हाम फालेकामध्ये एकजना डुबेर बेपत्ता भएको छ । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही छन् । पत्रकार ईन्दु केसीले प्रत्यक्ष आफूले १७ जना युवाले हाम फालेको देखेको जनाउँदै ती मध्ये १६ जना पौडिएर निस्केको एकजना डुबेको बताउनुभयो ।

जनपद प्रहरी र सशस्त्रप्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको जनाउँदै मङ्गलबार गोताखोर टोलीले वेपत्ता शाहीको खोजी गर्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ । गत बर्षसमेत पुलबाट हाम फालेर पौडिने होडबाजीमा डुबेर युवाको निधन भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : २६ बजे