चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकस्थित केउरानी सामुदायिक बनमा आगलागी हुदाँ २ हेक्टर बन क्षेत्र जलेको छ । दहचोक गैरीगाउँ माथि मयलपानी गुम्बा मुनीको जंंगलमा बुधबारसाँझपखको आगलागीबाट करिब २ हेकटर बनमा क्षति पुगेको बनका अध्यक्ष गणेश गिरीले जनाएका छन् । करिव ३ ४ घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको अध्यक्ष गिरीले जनाएका छन् ।
आगलागी नियन्त्रणका लागि स्थानीयबासीन्दा नेपाल प्रहरी, हरित स्वयंसेवकको सक्रियता रहेको थियो । यस बन क्षेत्रमा हरेक वर्ष आगलागी हुने गरेको भएपनि गहन अनुसन्धान गरी दोषी पत्ता लगाई अहिलेसम्म कारवाहीको दायरामा ल्याउन प्रहरीले सकेको छैन ।
२१ चैत्र २०८०, बुधबार
26
Shares
प्रतिक्रिया