५ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)



सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ ।
सरकारले उत्पादन, उत्पादकत्व र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रममा सरकारले यी विषयलाई उच्च प्राथमिकतामा राखेको हो ।

‘देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठुलो मात्रामा रोजगारी सिर्जना गर्न तीनै तह निजी क्षेत्र,सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ’, सरकारको कार्यक्रममा भनिएको छ । उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई समन्वयका आधारमा बजारीकरणसम्मको कृषि इकोसिस्टम कार्यान्वयन गरिने सरकारले जनाएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

<iframe src=”https://drive.google.com/file/d/1otI3ZGo0GxN2iKuzG6VMYoAImi-apbu2/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : ४१ बजे