प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति १४ कठ्ठा जमिन र बैंकमा २५ लाख नगद रकम रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रचण्डले बुझाएको सम्पत्ति विवरण अनुसार चितवनको भरतपुर नगरपालिका वडा नम्बर १४ मा १४ कठ्ठा जग्गा रहेको जनाएका हुन ।
प्रचण्डले त्यसलाई पैत्रिक सम्पत्ति उल्लेख गरेका छन्।
२०६५ र २०७३ मा प्रधानमन्त्री बनिसकेका प्रचण्डको एभरेष्ट बैंक काठमाडौंमा नगद २५ लाख जम्मा रहेको उल्लेख गरेका छन्।
यसैगरी प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा चितवनमै एक कठ्ठा जमिन रहेको जनाएका छन्। सरकारका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
प्रतिक्रिया