२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० बढीको मृत्यु



मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राति बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् ।

प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले राज्यको राजधानीमा पत्रकारलाई भन्नुभयो, “मोटरसाइकलमा सवार दर्जनौँ बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा विनाशकारी आक्रमण गर्दा करिब ४० जनाको ज्यान गएको छ ।”

बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार बन्दुकधारीहरूले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए । सशस्त्र आक्रमणहरू नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा ठूलो सुरक्षा खतरा भएको छ, जसको परिणामस्वरूप मृत्यु र अपहरणहरू भएका छन् । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : १३ बजे