२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


संसदको गतिरोध अन्त गर्न कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो



संसदको गतिरोध अन्त्य गर्नका लागि आवस्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले सम्माननीय प्रधानमन्त्रीज्यूलाई उहाँको कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको छ।
उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री मा. पदम गिरीले सम्माननीय प्रधानमन्त्रीज्यूको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गर्नु भएकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गर्नुभयो भने सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  २ : ०९ बजे