पखेटा पलाउछन,
बचेरा उड्छन…
खुसी हुनु कि दु:खी ?
उनिहरुको खुसिमा,
सुटुक्क आँखा पुछ्दै
बिदाइ गर्नुपर्नि
अनि खुसी हुनैपर्नि
यो रहर हो कि बाध्यता?
धर्तिको जुन कुनामा रहेपनी
सधैंभरी स्वस्थ, सुखी अनि
खुसी मिलिरहोस्
भगवान् कृपा मिलिरहोस्
ज्यान टाढा भएपनी
मन नजिक रहिरहोस्
क्यानडाको यात्रा सहज, सुरक्षित र सफल रहोस्
शुभासिर्वाद अनि शुभयात्रा बाबु!
उडानको रुझान पूरा भएसी,
आफ्नो मनोकामना पूरा भएसी,
अब त भो पुग्यो केरे भन्ने लागेछ भने
त्यो कर्मभुमीमा पनि धेरै नभुले
आफु जन्मेको यो माटो
अनि हामी सबैलाई
कहिल्यै नभुले
यो सानो गुँड,
यो देश, यो गाउँ घर, यो गोरेटो
अनि थोरै हामी
तिमिहरुको बाटो
सधैं कुरिरहेका हुनेछौं ।
-हरिनारायण शर्मा
जैमनी नगरपालिका कुशीगाँउ बाग्लुंग, हाल काठमाडौं
जैमनी नगरपालिका कुशीगाँउ बाग्लुंग, हाल काठमाडौं
प्रतिक्रिया